विधेयकमा ‘बेश्यावृत्ति’ शब्द राखिएकामा सांसद् अधिकारीको आपत्ति

विधेयकमा ‘बेश्यावृत्ति’ शब्द राखिएकामा सांसद् अधिकारीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘बेश्यावृत्ति’ भन्ने शब्द राखिएकामा आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पेश गरेको विधेयकमाथि धारणा राख्दै उनले ‘बेश्यावृत्ति’ शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ राख्न सुझाइन् ‘विधेयकमा बेश्यावृत्ति भन्ने शब्द राख्नुभएन, यसलाई हटाउनुपर्यो । ‘बेश्यावृत्ति’ भन्ने शब्द हटाएर ‘यौनजन्य क्रियाकलाप’ भन्ने शब्द राखौंं ।


बेचबिखनमा परेका पीडितलाई पुनस्र्थापना भन्नुको साटो पुनः समायोजन भन्दा राम्रो हुने सुझाव दिइन् ।

अधिकारीले मानव बेचबिखन रोक्न सीमा निगरानीको पक्षमा जोड दिन, पुनस्र्थापना कोषको रकम वृद्धि गर्न पनि माग गरिन् ।

अधिकारीले पछिल्लो समय ललाई फकाईमा पारेर नाबालिकाको डिम्प बिक्रीका घटनामा वृद्धि भएको भन्दै राज्य सचेत हुनुपर्नेमा जोड दिइन् ।