यसकारण पक्राउ परिन् बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा


काठमाण्डु – बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् । उनलाई सोमबार महानगरीय प्रहरी परिसर, काठमाण्डुको टोलीले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीविरुद्ध गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघन विरुद्धमा जाहेरी दिएका थिए ।

जिल्ला अदालत काठमाण्डुबाट पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकराी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement