लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति


काठमाडौं – पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा भारत सरकारले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै नेपाल सरकारले चासो देखाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका सबै क्षेत्र नेपालको भएको जनाएको छ । जहाँ लिपुलेक, लिम्पियाधुरा र कालापानी पर्छन् ।

१८१६ को सुगौली सन्धि बमोजिम त्यस क्षेत्र नेपालको रहेको भन्दै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली भूमिभित्र भएका गतिविधि रोक्न आग्रह गरेको छ । ‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ’, शनिबार परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सम्मेलनमार्फत सडकको उद्घाटन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement