काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीमा सुरु गरेको छ । निर्वाचनको तयारीका सन्दर्भमान आयोगले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको छ ।
आयोगले शुक्रबार विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन तयारीबारे छलफल गर्दैछ । आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई छलफलका लागि बोलाइएको हो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।



प्रतिक्रिया