स्थानीय निर्वाचन : थप ७३ वटा राजनीतिक दललाई चुनाव चिन्ह दिने आयोगको निर्णय


काठमाण्डु – स्थानीय तह निर्वाचनका लागि ७३ वटा राजनीतिक दलहरूले चुनाव चिन्ह पाउने भएका छन् । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ दललाई आफ्नो दलको निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । ७३ वटा राजनीतिक दलहरूले आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्न जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्नुपर्ने छ ।

प्रवक्ता पौडेलले आगामी स्थानीय निर्वाचन २०७९ लागि निर्वाचनको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग मिति ०७८/१२/०२ मा सम्झौता गरिसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement