स्थानीय तहलाई राष्ट्रिय शिक्षा नीति अनुसरण गर्न प्रधानमन्त्री ओलीको सुझाव


काठमाडौं – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बिहीबार बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुपकै नीति तय गर्नुपर्ने बताएका छन् ।

अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले भने । यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्दै आफ्नो शिक्षा नीति बनाउनुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको भन्दै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताए ।

‘यस बर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं । आगामी बर्ष्भित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुदैनन्’ ओलीले भने । नेपालीहरु विद्वन पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए ।

अभिभावक र विद्यालयको रुची अनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुरण गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ । महङ्गो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरुलाई पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्न आग्रह गर्दै प्रधानमन्त्रीले विद्यार्थीको रुची अनुसारको विषय पढाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement