छैटौँ पटक लकडाउन थप्ने सरकारको तयारी


काठमाडौं – सरकारले जेठ ५ गतेपछि लकडाउन थप्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउन थप्ने तयारी गरेको हो । लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो।

सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी लकडाउन परिवर्तन गर्ने तयारी गरेको उनले बताए ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement