सरकारले भन्यो : लकडाउन गर्ने पक्षमा छैनौं


काठमाण्डु – कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गर्ने हल्ला चलिरहेका बेला सरकारले लकडाउन नगर्ने बताएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव रोशन पोखरेलले सरकार लकडाउनको पक्षमा नरहको स्पष्ट पारेका हुन् ।

‘हामी लडकडाउनको पक्षमा छैनौं । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ उनले भने । बढ्दो कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यकामा स्मार्ट लकडाउन लागू गरिएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुखले आज मध्यरातदेखि माघ मसान्तसम्म लागू हुनेगरि आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement