बालिका बलात्कार प्रकरण: एलओडीका सञ्चालकविरुद्ध मुद्दा नचल्ने


काठमाण्डु- काठमाण्डुको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का सञ्चालकविरुद्ध मुद्दा नचल्ने भएको छ । बालबालिकासम्बन्धी कसुरमा सरकारी वकिल कार्यालय काठमाण्डुले एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

 बालिकालाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई सरकारी वकिलले यसअघि नै ‘जिम्मा जमानी’ मा छाड्न निर्देशन दिएको थियो । त्यस्तै उक्त क्लबका म्यानेजर सहदेव सेढाईंसहित ३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

जेठ ३० मा एलओडी गएकी उदयपुरकी १६ वर्षीया बालिकालाई एलओडी भित्र भेटेका ५० वर्षीय सुजन कोइरालाले सानेपामा पुर्‍याएर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement