लोकसेवाले ठूलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन खोल्दै


काठमाडौँ । लोक सेवा आयोगले ठूलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन खुला गर्ने गर्ने भएको छ ।

दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगको नियमित कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा विज्ञापन हुने भएको हो ।

आयोगले कार्यतालिकाअनुशार प्राविधिक शाखा अधिकृत, स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूको कार्तिक अन्तिम बुधवार र अप्राविधिक पदहरूका लागि मङ्सिर अन्तिम बुधवार विज्ञापन र सूचना प्रकाशित गर्ने जनाएको छ ।

तिहार लगत्तै मन्त्रालयहरूसँग रिक्त रहेका दरबन्दी माग तथा छलफललाई पनि तीव्रता दिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता भूपाल बरालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement