नेपालसहितका मुलुकमाथि प्रतिबन्ध लगाउने बेलायतको तयारी


काठमाण्डु – बेलायतले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्राण्ड सेफले लण्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित टर्की र माल्दिभ्सलाई रेड जोनमा राखिएको बताएका छन् ।

विदेशीका लागि बेलायतले ल्याएको नयाँ नियम मे १७ तारिखबाट लागू हुनेछ । यो प्रतिबन्ध बेलायती बाहेक अन्य मुलुकका नागरिकमा लागू हुनेछ ।

रेड जोेनबाट आउने बेलायती नागरिकले सरकारले तोकेका क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । हरियो सूचीमा परेका नागरिकले आफ्नो देशमा फर्कदा क्वारेन्टाइनमा बस्नु नपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement