संक्रमितको उपचारमा बेलायती सैनिक चिकित्सक टोली नेपाल आउने


काठमाण्डु – बेलायती सेनाले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली पठाउने भएको छ ।

नेपालमा कोरोनाका गम्भीर बिरामीहरूलाई उपचार गर्न अक्सिजन आपूर्तिको अभाव रहेकाले स्वास्थ्यकर्मीसहितको टोली पठाउने तयारी भएको बताइएको छ ।

बेलायती विदेश मन्त्री दर्ड अहमदले बेलायतका सैनिक टोलीले अर्को हप्ताको सुरूमै नेपालमा सहयोग गर्ने बताएका छन् । बेलायतमा सेनाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

आफ्नै विमानमार्फत आउन लागेको उक्त टोलीले साथमा अक्सिजन, औषधि र पीपीई सहित महत्त्वपूर्ण चिकित्सा उपकरणहरू ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement