नेपाललाई तत्काल खोप उपलब्ध गराउन बेलायती सरकारलाई १६ सांसदको दबाबमुलक पत्र


काठमाण्डु – बेलायतका सांसदहरुले नेपाललाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।

बेलायतको संसदमा विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने १६ जना सांसदले विदेशमन्त्री रावलाई नेपाललाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

उनीहरुले मन्त्री रावलाई पठाएको पत्रमा खोपसहित अक्सिजन कन्सनट्रेटर र अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेका छन् ।

पत्रमा कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न आग्रह गरिएको छ ।

सांसदहरु माइक एमेस्बेरी, क्रिस्टि ब्ल्याकमनसहितका सांसदहरुले बुझाएको पत्रमा नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएकाले समस्यामा परेको अवस्थामा सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement