अमेरिकी सहायक विदेशमन्त्री लु आज काठमाण्डु आइपुग्ने, एमसीसी कार्यान्वयन मुख्य मुद्दा


काठमाण्डु– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउंदैछन् । माल्दिभ्स भ्रमणमा रहेका लु तीन दिनको लागी नेपाल आउन लागेका हुन । लु मध्य एसिया तथा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायतका उच्च सरकारी अधिकारीलाई भेटने कार्यक्रम रहेको छ ।

उनको नेपाल भ्रमणको क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने बताइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न ढिलाइ भइरहेका बेला उनको भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकी सहायक विदेशमन्त्री लुको भ्रमणको मुख्य ऐजेण्डा एमसीसी कार्यान्वयन रहेको बताइन्छ ।

एमसिसी अनुमोदनमा ढिलाइ भएकोप्रति अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै आएको छ। सत्तारुढ दलका नेताहरुले एमसीसीलाई निर्वाचनपछि संसदबाट पारित गर्ने आश्वासन दिएका छन् । तर, अमेरिकाले त्यसलाई चांडो पारित गर्न दबाव दिंदै आएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उक्त प्रतिवद्धता अमेरिकी सरकारलाई जनाइसकेका छन् । यसअघि एमसिसी उपाध्यक्ष फातिमा सुुमारले नेपाल भ्रमणको क्रममा एमसिसी कार्यान्वयनका लागि नेताहरूसंग आग्रह गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement