लक्की शेर्पा राजिनामा बुझाएर खुसुक्क पुगिन्  क्यानवेरा


काठमाडौं– मानव तस्करीको आरोपमा फिर्ता बोलाईएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा राजीनामा दिएर नेपाल फर्कने तयारी लागेको खुलासा भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएर शेर्पा गत सोमबार राती ९ बजेर १५ मिनेटमा सुटुक्क अष्ट्रेलिया पुगेकी हुन् । उनलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीले राजिनमा दिन भनेपछि शेर्पा राजिनमा दिएर नेपाल फर्कने तयारीमा लागेकी हुन् । 

शेर्पाकै चालक वाङछु शेर्पाले आफूलाई जागिर दिएबापत मोटो रकम लिएको तथा राजदूत शेर्पाले मानव तस्करी गर्ने गरेको संगीन आरोप लगाएपछि उनलाई सरकारले गत महिना सोधपुछका लागि नेपाल बोलाएको थियो । शेपाको वारेमा परराष्ट्रले छानविन समिति समेत गठन गरेको थियो । समितिले पनि शेर्पाको संलग्नता देखिएको भन्दै उनलाई राजदूतको रुपमा नपठाउन सुझाव दिएको थियो ।  

सुरुमा राजिनामा दिन नमानेकी शेर्पालाई सरकारले वर्खास्त गर्ने तयारी गरेपछी अन्तिममा उनले राजिनामा दिएकी हुन् । शेर्पाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई अष्ट्रेलिया गएर बरबुझाराथ गरेर नेपाल फर्कने भनेपछि शेर्पालाई दुई साताको समय दिइएको स्रोतको दाबी छ । 

उनले सामान्य हैसियतमा जांदा अष्ट्रेलियामा उजुरी परेको भन्दै आफु पक्राउ पर्न सक्ने भएकाले पदिय हैसियतमै रहेकै बेला अष्ट्रेलिया पुगेर फर्केपछि राजिनामा स्विकृत गर्न दुवै अध्यक्षसमक्ष आग्रह गरेको स्रोतको दावी छ । शेर्पा नेपाल फर्केलगत्तै उनको राजिनामा स्विकृत गर्ने सरकारको तयारी छ । 

उनी राजदूत विनै त्यहा जांदा डिप्लोमेटिक इम्युनिटी नपाईने र बयान दिन अदालतसम्म जानुपर्ने झमेला हुन् सक्ने भन्दै सरकारले पनि राजिनामा स्विकृत गर्न ढिलाई गरेको परराष्ट्र स्रोतको दावी छ । 

राजदूत शेर्पाले अष्ट्रेलिया पुगेर अफिसमा हाजिर भने लगाएकी छैनन् । उनीसंग यसबारेमा काठमाडौंपाटीले बुझ्न खोज्दा सम्र्पकमा आउन चाहिनन् । 

टिकटको फोटो पत्रकार किशोर श्रेष्ठको फेसवुक वालबाट लिइएको हो – 

प्रतिक्रिया दिनुहोस
Advertisement