काठमाण्डु- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसाे दाबी पेश गरेका थिए । उनलाई एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन छ ।
लुम्बिनी प्रदेशमा ८७ संसाद छन् ।




प्रतिक्रिया