लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै


काठमाण्डु -लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् ।

महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।

महरालाई  एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यले समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement