लुम्बिनीमा एमालेबाट पाँच नेता मुख्यमन्त्रीको दौडमा, को-को छन् ?


काठमाण्डु – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै लुम्बिनी प्रदेशमा भावी प्रधानमन्त्रीको चर्चा सुरु भएको छ । यस प्रदेशमा नेकपा एमालेबाट पाँच नेता मुख्यमन्त्रीको दौडमा छन् ।

यसअघि नेकपा माओवादीको समर्थनमा नेता शंकर पोखरेल निर्वाचन जितेर मुख्यमन्त्री बनेका थिए । तर यसपटक भने निश्चित उम्मेदवार तय भएका छैनन् । केन्द्रीय नेताहरुको दबदबा रहेको यस प्रदेशमा पोलिटब्यूरो सदस्यसमेत रहेका प्रदेशका पूर्वमन्त्री लीला गिरी सबैभन्दा बलियो दावेदार हुन् ।

गिरी रूपन्देहीको क्षेत्र नम्बर २ (१) बाट उम्मेदवार बनेका उनी एमाले प्रदेशका सहइन्चार्ज पनि हुन् । एमालेको सरकार बनेको अवस्थामा उनलाई नै मुख्यमन्त्री बनाउने विष्णु पौडेल र शंकर पोखरेलले आश्वासन दिएका छन् ।

त्यसैले उनी प्रदेशमै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का पोलिटब्यूरो सदस्य एवम् प्रदेश इचार्ज दधिराम न्यौपाने, पूर्वमन्त्री एवम् प्रदेश उपाध्यक्ष भोजराज श्रेष्ठ, केन्द्रीए सदस्य घनश्याम पाण्डे पनि मुख्यमन्त्रीको आकांक्षी हुन् ।

पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरेरै उम्मेदवार बनाइएको महासचिव निकट एक नेताले बताए । त्यस्तै रूपन्देहीको ५ (१) बाट उम्मेदवार दिएका अर्का नेता भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकांक्षी छन् ।

केन्द्रीय सदस्यसमेत रहेका ढकालले लुम्बिनीमा एमालेकै सरकार बन्ने दावी गर्दै आकांक्षी धेरै हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘पार्टीमा धेरै नेता भएपछि आकांक्षी पनि धेरै हुनु स्वाभाविक हो । यहाँ एमालेकै सरकार बन्छ । त्यसका लागि चुनाव लडेर विजयी हुने कमरेडहरु मुख्यमन्त्रीका लागि योग्य हुनुहुनेछ ।’

लुम्बिनीमा एमाले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलकै इच्छामा भर पर्ने भएकाले दुवैको रोजाइमा गिरी पर्न सक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement