लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने व्यवहारले लज्जित तुल्यायो


काठमाण्डु – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।

प्रदेश मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले विज्ञप्ति जारी गरी घटनाको विपक्षमा उभिन सवै पक्षलाइृ आह्वान गरेका छन् । अराजक झुण्डका व्यक्तिहरुले अस्पतालजस्तो पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको पौडेलद्रारा जारी विजप्तिमा उल्लेख छ ।

यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने र अस्पतालको सेवा प्रवाहमा थप असर हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले घटनामा संलग्नलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजाय दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

एमाले निकट विद्यार्थी संगठनका व्यक्तिहरुको समूहले शुक्रबार दिउँसो मेसु सिंहलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको थियो । यता नेकपा एमाले दाङले डा. सिंहमाथि मोसो दल्ने अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीलाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement