लुम्बिनीमाथि कर्णालीको सानदार जित


काठमाण्डु – वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सानदार जित हात पार्न सफल भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले लुम्बिनीलाई १४० रनको फराकिलो अन्तरले पराजित गर्दै जित हात पार्न सफल भएको हो ।

कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआटउ भएको थियो । लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले १५ रन जोडे। प्रज्वल थापाले २८ रन र दुर्गेश गुप्ताले २० रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए । युनिस सिंहले ३ विकेट र अनुज चुनाराले २ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको कर्णालीले ८ विकेट क्षतिमा २३२ रन जोड्यो । बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement