लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखकाे निर्वाचन माघ ३ मा हुने


काठमाण्डु  – लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हाे ।

माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका छ। यस्तै सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको कार्यसूची छ।

लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने छ।

प्रतिक्रिया दिनुहोस
Advertisement