काठमाण्डु – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले एक समारोहकाबीच केसीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसी आजै दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई प्रदेशसभाका ४२ जना सांसदहरुले समर्थन गरेका छन् ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आज तीन बजेसम्मको समय दिएका थिए ।
प्रतिक्रिया