लुम्बिनीमा प्रधानमन्त्री ओलीले रोपे आँपको बिरुवा (फोटोफिचर)


बुटवल – लुम्बिनी भ्रमण वर्ष एवं २५ सय ६३ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी नयाँ ग्राममा बृक्षारोपण गरेका छन् । प्रधानमन्त्री ओलीले आँपको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् ।

लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ । वृक्षारोपणपछि प्रधानमन्त्री ओली महिलबार चोकबाट शुरु भई लुम्बिनीस्थित केन्द्रीय नहर हुँदै अघि बढ्र्ने र्‍यालीमा पनि सहभागी बनेका छन् । यालीकै क्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी नयाँ ग्राममा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement