काठमाण्डु – यो वर्षको मदन पुरस्कार कृति मुकाम रणमैदान र जगदम्बा श्री २०८० प्रा. डा. योगेन्द्रप्रसाद यादवले पाउने भएका छन् ।
मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभाले २०८० को मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई र प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
दुबै पुरस्कारको राशी ४–४ लाख रुपैयाँ रहेको छ ।
२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको‘‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए । ती मध्यबाट मुकाम रणमैदान छानिएको हो ।
पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।
प्रतिक्रिया