मधेस प्रदेश सरकार गठनको आह्वान,पुस २८ सम्मको समयसीमा

मधेस प्रदेश सरकार गठनको आह्वान,पुस २८ सम्मको समयसीमा

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम  – मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन्।

मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेशसभा सांसदलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, नेकपा एसका ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका १-१ जना सांसद छन्।