यी हुन् माधव नेपालसँग वामदेव गौतमले राखेका चार सर्त


काठमाण्डु- नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न वामदेव गौतमले चार सर्त राखेका छन् ।

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बामदेव गौतमलाई पनि आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह गरेका हुन् ।

तर, वामदेवले भने अध्यक्ष नेपालसँग चार सर्त पुरा भएको खण्डमा पार्टी प्रवेश गर्न सकिने बताएका छन् । जसअनुसार जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने गौतमको पहिलो सर्त रहेको छ ।

त्यस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुने गौतमको दास्रो सर्त हो । त्यसैगरी गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने सर्त राखेका छन् ।

यसबाहेक गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । यी विषयमा छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । यी सर्त मानेको खण्डमा गौतम एकीकृत समाजवादीमा प्रवेश गर्नेछन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै समूहमा नलागेका गौतमले नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement