आइतबारसम्म सिट बाँडफाँटबारे टुंगो लाग्छः अध्यक्ष नेपाल


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन सिट बाँडफाँटमा सहमति नजिक पुगेको बताएका छन् ।

शनिवार रौतहटमा आयोजित  कार्यक्रममा सहभागि हुन पुगेका अध्यक्ष नेपालले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सत्ता गठबन्धन दलहरुबीच सहमति भइरहेको दावी गरेका हुन् ।

‘सिटबाँडफाँटमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ , त्यो पनि आज भोलिसम्म सहमति भइहाल्ने अवस्था छ,’ उनले भने ।  त्यसैगरी उनले कुनै पनि हालतमा सत्ता गठबन्धन नफूट्ने पनि दावी गरे ।  

पछिल्लो समय सिटबाँडफाँटमा सहमति जुटाउन निरन्तर छलफलमा जुटे पनि सहमति जुट्न सकेको छैन् । अहिलेसम्म जति पनि गठबन्धनका बैठक बसे ती सबै निष्कर्ष विहीन सकिएका जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement