एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ला ?


काठमाण्डु- संघ र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो ।

यो समाचार तयार पर्दासम्म १ करोड ४ लाख २० हजार १२५ मत गणना भएको छ । जस अनुसार नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेर पहिलो स्थानमा छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएर दोस्रो स्थान कायम राखेको हो ।

त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६२ हजार १२४ मत पाएको छ भने ११ लाख २४ हजार ५४३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ ।

त्यस्तै राप्रपाले ५ लाख ८६ हजार ६३८ मत पाउँदै पाँचौ स्थान कायम राखेको छ भने यता जसपाले ४ लाख २० हजार ९४६ मत ल्याएर जसपा छैटौं स्थानमा ओगटेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५२६ मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३६२ मत पाएको छ । समानुपातिकतर्फको मतगणना अन्तिम तिर पुग्दा नेकपा एसले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ । यता प्रतिनिसभा प्रत्यक्षतर्फ भने नेकपा एसले १० सिटमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement