संसद्‍मा कोलाहल गर्नुभन्दा वार्ता गर्नुपर्छः सभामुख घिमिरे


काठमाण्डु- सभामुख देवराज घिमिरेले संसद्‍ अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय सरदार प्रितम सिंहका विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद्‍ अवरोध भइरहेको भन्दै उनले संसद्‍मा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्‍लाई गति दिन उचित हुने बताएका हुन् ।

सभामुख कसैको पक्ष वा विपक्षमा नरहने उनले दाब िगरे । त्यस्तै सभामुख घिमिरेले संसद्‍मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताए। प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद्‍ सुचारु गर्न आग्रह गरेको पनि उनले बताएका छन् ।

‘सभामुखलाई आफ्नो पक्षमा आफ्नो सोचमा सभामुखलाई ल्याउनको लागि सबैले भन्छन्, सभामुखको रोल प्रधानमन्त्रीलाई बोल्न दिनेमा भयो भने त चल्थ्यो नि, भन्ने सत्ता पक्षले भन्छ भने यस्तो कुरा उठ्दा उठ्दै यो कुराको निर्क्यौल गर्ने कुरामा सत्ता पक्षले टेर्दै नटेर्ने अनि हामीले उसका कुराकानी सुनेको भरमा सदन चल्ने, चलाउने सदन भनेको कसैको इच्छाअनुसार वा नियन्त्रणमा चल्ने चिज हो र ? यस्तो पनि सभामुखले गर्नुहुन्छ र ? भन्ने अर्कोले भन्छ। त्यसैले यो त के हो भने खेलाडीहरुले मेरो पक्षमा के हो भने एम्पायरले निर्णय दिनुपर्‍यो भनेर आग्रह गरेजस्तो मात्रै हो।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement