प्रचण्डकै सामुन्ने माधव नेपाल आक्रोशित- कसैको धाक धम्की सहनका लागि जन्मेको होइन


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् ।

सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सामुन्ने गठबन्धन लामो समय सम्म नटिक्ने बताएका हुन् ।

माधव नेपालले आफूहरू कसैको धाक धम्की गालीगलौज सहनका लागि नजन्मेको भन्दै दास बन्ने नियतले राजनीतिमा नलागेको भन्दै अपमान नगर्न नेताहरूलाई चेतावनी दिए । हालको सत्ता गठबन्धनमा आफूले सहज नमानेको उनको भनाइ छ ।

‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’, उनले भने ।

यो पनि पढ्नुहोस्, माधव नेपालको चेतावनीपछि गठबन्धनको भविष्यबारे प्रधानमन्त्री प्रचण्डले खोले मुख

प्रतिक्रिया दिनुहोस
Advertisement