नेकपा एसका नेता र लिउ जियानचाओबीच भेटवार्ता: के-के भयो कुराकानी ?


काठमाण्डु- नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

मंगलबार होटल एभरेष्टमा चिनियाँ नेता लिउले अध्यक्ष नेपालसहित नेकपा एसका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको जनाइएको छ ।

उक्त भेटपछि अध्यक्ष नेपालले चिनियाँ नेता लिउसँग नेपाल एक चीन नीतिमा दृढ रहेको बताएको जनाकारी दिए । ‘चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौं । तिब्बतको इश्यु होस् कि ताइवानको, यो सबै चीनको आन्तरिक मामिलाको हो भन्ने हामीले राखेका छौं ।’, उनले भने ।

त्यस्तै चिनियाँ नेता लिउले एकतावद्ध भएर नेपालका पार्टीहरु अगाडि बढ्न सुभेक्षा व्यक्त गरेको समेत अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement