एनआरएनएको नेतृत्वले माधव नेपालबाट बधाई थाप्यो


काठमाडौं – गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नयाँ बानेश्वरस्थित होटेल हार्दिकमा आयोजित एक समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तसहितका टोलीलाई बधाई दिएका छन् ।

एनआरएनए विश्व समन्वय परिषद्को ९ औं सम्मेलनबाट निर्वाचित अध्यक्ष पन्तसहितको टोलीलाई नेता नेपालले विदेश विभागको तर्फबाट बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष पन्तले बधाई तथा शुभकामनाका ग्रहण गर्दै आफ्ना केही प्रतिबध्दता राखेका थिए । पूर्वप्रधानमन्त्री नेपालले एनआरएनको कामका विविध क्षेत्रहरू उल्लेख गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement