राष्ट्रपति चुनावबारे माधव नेपाल र रामचन्द्र पौडेलबीच छलफल

राष्ट्रपति चुनावबारे माधव नेपाल र रामचन्द्र पौडेलबीच छलफल


काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा यी दुई नेताहरुबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति चुनावलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पछिल्लो समय राजनीतिक भेटवार्ता तिव्र पारेको छ । यसैबीच नेता पौडेलले माधव नेपालसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच पनि यही विषयमा छलफल भएको जनाइएको छ ।