पार्टीमा छलफल नगरी प्रतिबन्ध लगाउने चलन ठीक होइन :माधव नेपाल


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले यस्तो निर्णय गर्दा पनि पार्टीभित्र कुनै छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘पार्टीभित्र छलफल बिना गरिएका निर्णय ठीक हुँदैनन् । पार्टीभित्र यो विषयमा छलफल भएको छैन। यस्तो चलन ठीक होइन।’

राष्ट्रिय मुद्दाहरुमा पार्टीको बैठक बोलाएर छलफल गर्नु उपयुक्त हुने उनको तर्क थियो । उनले मंगलबार साँझ मन्त्रिपरिषदको बैठकले विद्रोही नेकपालाई प्रतिबन्ध लगाउनेगरी गरेको निर्णयलाई अपरिपक्व निर्णयको संज्ञा दिए । ‘प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखियो । राम्रो तयारी गरेर छलफल गरेर कदम चाल्नुपर्नेमा अपरिपक्व कदम गरेको देखियो,’ नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement