माधव नेपालको पार्टी तीतेपातीको झारजस्तै हाे : केपी ओली


काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा आबद्ध दलहरु उमेरअनुसार बुढो भइसकेको बताएका छन्। शुक्रबार युवा संघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरु उमेरअनुसार बुढो भइसकेका बताएका हुन्। उनले आफू नेतृत्वको नेकपा एमाले भने युवा पार्टी भएको दाबी गरे।

त्यस्तै उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी तीतेपातीको झारजस्तै भएको बताए। ‘तीतेपातीको बोट तीन महिनामा बुढो हुन्छ। ‘एस’ पार्टी भन्ने छ नि आजकल। पोहोर भदौमा जन्मियो। अहिले भदौमा बैंस आयो। अर्को भदौ पुग्दैन। तीतेपातीको झारजस्तै हो,’ उनले भने।

उनले कांग्रेस बुढो भएको भन्दै जुरो र सिङ फुक्लिसकेको बताए। कांग्रेसले नक्कली सहयात्री लिएर हिँडेको भन्दै ओलीले गन्तव्य नभएका र मुद्दा लडेर सरकारमा जानेहरू मात्रै भएको बताए।

गठबन्धनमा रहेका दलहरूलाई चुनाव लडेर भन्दा पनि मुद्दामामिला गरेर सरकारमा पुग्ने सोच रहेको आरोप लगाउँदै उनले एमालेले जनमतका आधारमा सरकार बनाउने बताए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement