म्याग्नस फर्माले उत्पादन गरेको नयाँ औषधि ‘रिभारोक्साबन’ बजारमा


काठमाण्डु – नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले रगतलाई पातलो बनाउने औषधि बजारमा ल्याएको छ । कोवाग्रीभ ब्राण्डको साथमा म्याग्नसले रगतलाई पातलो बनाउने रिभारोक्साबन औषधि आफैँ उत्पादन गरी नेपाली बजारमा ल्याएको हो ।

रिभारोक्साबन एक प्रकारको एन्टिकोअगुलेन्ट औषधि हो । जसले रगतको जम्ने प्रक्रियालाई बन्द गरेर रगतलाई पातलो बनाउने काम यो औषधिले गर्छ ।

कोवाग्रीभको उपयोग नसामा रगत जम्ने र फोक्सोको नसामा रगत जम्ने समस्याको उपचार र रोकथाममा प्रयोग गर्न सकिने म्याग्नसले जनाएको छ । कोवाग्रीभ १०, १५ र २० एमजीमा उपलब्ध छ । यसको हाल बजार मूल्य क्रमश ७५, ८५ र ९५ रुपैयाँ काम गरिएको कम्पनीले जनाएको छ ।

यो औषधि रगत पातलो गर्ने अन्य औषधि भन्दा निकै सुरक्षित र प्रभावकारी रहेको म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले जवानकारी दिए । उनले कोवाग्रीभ चिकित्सकको परामर्श अनुसार खान र कुनै साइड इफेक्ट देखिए चिकित्सकलाई सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

म्याग्नस फर्माले नयाँ–नयाँ औषधिहरु नेपालमै उत्पादन गरी देशको औषधिमाथिको परनिर्भरता कम गर्न भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement