महाशिवरात्रीमा पशुपति आएका साधुसन्तको दक्षिणासहित बिदाई


काठमाण्डु – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।

सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि शुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement