पत्रपत्रिका

थुनिँदै महाकालीको बहाव :भारतमा निर्माण नेपालमा क्षति

दार्चुला – दार्चुलाको उत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ। भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो। सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ। विस्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ।

dish home

विस्फोटका कारण महाकाली नदीमा खसेका ठूल्ठूला ढुंगाले घाटिबगड क्षेत्रमा कृत्रिम ताल बनेको व्याँस गाउँपालिका–१ का दानसिंह तिंकरीले बताए। तिंकरीका अनुसार व्याँस गाउँपालिका–२, तम्बाकुदेखि माथि बुँदीसम्मको पैदलमार्ग ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको छ। विस्फोट गराएर पहाड फुटाउँदा खसेको ढुंगामाटोले करिब १० किलोमिटर क्षेत्रको ठाउँठाउँमा महाकाली नदीको बहाव अवरुद्ध भई नेपालतर्फको बाटोमा क्षति पुगेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहोराले बताए।

व्यास गाउँपालिकाले गत वर्ष र चालु वर्षमा मर्मत गरेको व्याँस जोड्ने पैदलमार्गमा क्षति पुगेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीले बताए। गाउँपालिकाले मर्मत गरेको पैदलमार्गअन्तर्गत घाटिबगड क्षेत्र डुबानमा परेको छ। उनले भने, ‘त्यसक्षेत्रमा यतिबेला आवतजावत बन्द भएको छ।’

नेपालतर्फको क्षतिग्रस्त सडक मर्मतमा भारतीय पक्षले आनाकानी गरेको छ। डेढ महिनाअघि पिथौरागढमा सम्पन्न सीमा बैठकमा दुई देशका अधिकारीबीच स्थलगत निरीक्षण गरी आपसी समन्वयमा पैदलमार्ग तत्काल मर्मत गर्ने सहमति भएको थियो। चैत १७ गते भएको सीमा बैठक छलफल र सहमतिअनुसार भारतीय पक्षले क्षतिग्रस्त बाटो मर्मत गर्न पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए। ‘हामीले भारतीय पक्षलाई यसबारे निन्तर समन्वय र पत्राचारसमेत गरेका छौं,’ उनले भने। यो समाचार आजको नागरिक दैनिकमाम छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top