काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् ।
आइतबार काठमाण्डु आएका विदेश विभाग प्रमुख विजयले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका हुन् । विदेश विभाग प्रमुख चौथाइवालेले आज नवगठित लोकतान्त्रिक सामाजवादी (लोसपा) पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
उनीहरुबीच पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको चौथाइवालेले उल्लेख गरेका छन् । साथै उनले आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि काठमाण्डु आएका उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चौथाइवालेले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा उनले प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए । दुवैबीच भेटमा नेपाल–भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो ।
देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने उनी उच्च तहका नेता हुन् । उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।
प्रतिक्रिया