महरा संसद बैठकमा सहभागी हुन पाउने


काठमाडौं – सभामुख अग्नि सापकोटाले निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएको विषय सांसदमा जानकारी गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन् ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती करणी गरेको आरोप लागेको थियो ।  सफाई पाएसँगै अब महराले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउनेछन् । उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्नेछन् ।

अदालतको फैसलाबाट निर्दोष सावित भएसँगै महराले सांसदका रुपमा १३४ दिन हिरासत र जेलमा बस्दाको समयको सेवा सुविधा पनि पाउने छन् ।

संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतः निलम्बित थिए । अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुनः संसदमा प्रवेश गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement