नेपाल–चीनबीच सीमा समस्या छैन्ः राजदूत पाण्डे


काठमाण्डु – चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल–चीनबीच सीमा समस्या नरहेको प्रष्ट पारेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै राजदूत पाण्डले भारतीय मिडियाले गलत हल्ला फैलाएको र दुवै देशबीचमा सीमा समस्या नरहेको प्रष्ट पारेका हुन् ।

‘यस्तो कहिलेकाँही हुन्छ । चीन र भारत दुई छिमेकी हुन् । चीन र भारत नेपालका छिमेकी मुलुक हुन् । नेपाल र भारतबीच लामो समयदेखि सीमा समस्याहरु छन् । हाम्रो पहिले चीनसँग केही समस्याहरू थिए, तर हामीहरू सँगै बसेर सहमति गर्दै सम्झौतामा हस्ताक्षर गरेका थियौं (माओत्सेतुङ सत्तामा हुँदा र झोउ एनलाई प्रधानमन्त्री थिए । त्यस समयमा हामीले एक हस्ताक्षर सम्झौता गरेका थियौं । त्यही बेला सीमा समस्या समाधान भएको थियो। चीनसँगका सीमा समस्याहरु समाधान भइसकेका छन् । चीनसँग हाम्रो अहिले कुनै सीमा समस्या छैन’, राजदूत पाण्डेले भने, ‘भारतीय मिडिया पक्षपाती हुन सक्छ वा उनीहरूले कसैलाई बहकाएका छन् । त्यसकारण तिनीहरूले फेक न्यूज प्रकाशित गरे । तर यो वास्तविक होइन । चीन र नेपालको बिच सहकार्य प्राकृतिक र मैत्री छ ।’

त्यस्तै राजदूत पाण्डेले चीन र भरात असल छिमेकी भएको बताए । उनले चीन र भारत एकअर्कासँग डराउन नहुने बताए ।

‘यो क्षेत्रीय प्रश्नको कुरा होइन । यो एक अर्कालाई बुझ्ने र सहयोग गर्ने कुरा हो । चीन र भारत दुबै हाम्रो छिमेकी हुन् । छिमेकीहरू एक अर्कासँग डराउनु हुँदैन’, उनले भने, ‘यसको सट्टामा हामीले हात मिलाउनुपर्दछ, एक समझदारी बन्नुपर्छ । आपसी फाइदा अनुरूप सहयोगको साथ अगाडि बढ्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement