आयोग पुगेर महेश बस्नेतले भेटे प्रमुख निर्वाचन आयुक्तलाई


काठमाण्डु – नेकपा ओली समूहका केन्द्रीय महेश बस्नेत बिहीबार निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको आधिकारिकता विवादबारे निर्णय नगरेको भन्दै आयोगको सर्वत्र आलोचना भइरहेका बेला बस्नेतले आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका हुन् ।

उनले आयोगलाई अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पुरानो हस्ताक्षर प्रयोग गरेर पार्टीमा आधिकारिकता दाबी गर्न लागेको र नेकपाका बहुमत सांसद पार्टी एकताको पक्षमा रहेको आफूले आयोगलाई जानकारी गराएको बताए ।

‘पार्टीको बहुमत पक्ष अझै पार्टी एकताकै पक्षमा रहेको जानकारी गराएँ, तर त्यस बिषयमा आयोग पनि जानकार नै रहेछ ।’ आधिकारिकता दाबी गरिरहेको पक्षसँग भन्दा एकताको पक्षमा बहुमत रहेको नेता बस्नेतको दाबी छ । पछिल्लो समय नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयुक्तहरु छलफलमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement