विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मे ९ देखि २० सम्म थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा गरिएको छ।

शुक्रबाार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

सीता राना मगर चोटका कारण टिमबाहिर रहेपछि टोलीमा उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ।

नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन्। नेपालले हङकङसँग मे ९ र १३ मा र बहराइनसँग १० र १५ मा खेल्ने छ ।

को को परे टीममा ?

इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनीषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा।