महाकाली नदीमा मैत्री पुल बन्ने, के भने भारतीय विदेशमन्त्रीले ?


काठमाण्डु – महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पुल बनाउनका लागी भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसंग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहिवार टिवटरमा महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको जनाएका छन् । उनले यो निर्णयले दुवै मुलुकको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने दावी गरेका छन् ।

भारतिय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री नारायण खड्काबीच बिहिवार टेलिफोनमा कुराकानी समेत भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको पुस २५ मा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । कोरोनाको कारण भाइब्रेन्ट गुजराज समिट स्थगित भएपछि देउवाको भारत भ्रमण समेत स्थगित भएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई मध्यनजर गरेर मैत्री पुल निर्माणमा हस्ताक्षर गर्ने कार्यक्रम थियो । भ्रमण स्थगित भएपछि दुवै देशका विदेशमन्त्रीले यसबारेमा छलफल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement