प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालयका उपप्रमुख झांग बाओकुनबीच भेटवार्ता


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालयका उपप्रमुख मेजर जनरल झांग बाओकुनबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।

आइतबार प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका अन्तर्राष्ट्रिय सैन्य सहयोगका उपप्रमुख मेजर जनरल झांगबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएकाे हाे ।

भेटवार्तामा एपीसी खरिदको प्रक्रिया विस्फोटक पदार्थकाे फ्याक्ट्री स्थापना र सैनिक सहकार्यका विषयहरुमा समेत छलफल भएको सैनिक स्रोतले बताएको छ।

नेपाल भ्रमणमा रहेका मेजर जनरल बाओकुन नेतृत्वको टोलीले काठमाडौं,लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ । चार दिवसीय भ्रमणका लागि आएको ६ सदस्यीय उक्त टोली फाल्गुण २९ गते चीन प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement