मलेसियाका गृहमन्त्रीद्वारा चन्द्रागिरि भ्रमण


काठमाण्डु- मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् ।

गृहमन्त्री इस्मालीले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण गरिएका विभिन्न पूर्वाधारको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको भ्रमणका क्रममा गृहमन्त्री इस्लामीले एकीकृत पर्यटकीय पुर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement