मनाङमा बाढीको बितण्डा : तीन सय जनालाई सुरक्षित स्थानमा सारियो


काठमाण्डु – मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षासँगै आएको बाढीले मनाङको ताल गाउँ र चामे बजार डुबानमा परेको छ ।

मर्स्याङ्दी नदी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ५० घर डुबानमा परेको र अन्य घर पनि जोखिममा रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

डुबानमा परेका र जोखिममा रहेका सबैलाई सुरक्षित स्थानमा सरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । सुरक्षा निकायका साथै जनप्रतिनिधि उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेको उनको भनाइ छ ।

बाढीले चामेकै तीन घर बगाएको छ भने १६ घर उच्च जोखिममा रहेका छन् । बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement