मनमैजु हत्याका मुख्य आरोपी पक्राउ


काठमाण्डु – काठमाण्डुको मनोमैजु हत्याका मुख्य आरोपी पक्राउ परेका छन् ।

मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपी आङदोर्जे शेर्पालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले सुकुम्बासी टोलबाट तामाङ हत्याको मुख्य अभियुक्तको आरोपमा शनिबार शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।

शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका लक्ष्मण तामाङमाथि छुरा प्रहार भएको थियो । घाइते उनको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेका अन्य तीन जना पनि प्रहरी नियन्त्रणमा रहेको र प्रहरीले घटनाको बारेमा थप अनुसन्धान थालेका एसएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement