‘ग्लोकल टीन हिरो २०२०’ मन्दिराको कथा


काठमाण्डु – मन्दिरा श्रेष्ठ ! यो नाम २०२० को अखबार, हरेक अन्लाईन पोर्टल्समा धेरै देखियो । १९ वर्षीया मन्दिरा श्रेष्ठ, एक युवा स्वास्थ्य कार्यकर्ता एवमं अभियान्ता र वाई वाई ग्लोकल टिन हीरो २०२० का राष्ट्रिय पुरस्कार प्राप्तकर्ता हुन् । उनले ‘युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टिम लीडरको रूपमा काम गरेकी छिन् ।

उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन् । राष्ट्रिय किशोर किशोरी फोरमले उचित अवसरबाट बञ्चित छोरीहरूको अवस्था सुधार गर्न काम गर्दछ । त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी ‘ट्री पद्ममा चाईल्ड क्लबमा’ सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुल्दै उनी क्च्ज्च्क्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।

उनी सानै उमेरदेखी सामाजिक कार्यहरुमा सक्रियरुपमा लागिरहेकी छिन । उनको बाल्यकालको दिनहरु स्मरण गर्दा उनले सानै उमेरदेखी परोपकारी भावना लिएर अरूलाई सहयोग गर्ने र सेवा गर्ने कुरामा अग्रसर रहिन् । जब उनी छैठौं कक्षामा पढ्थिन, तब उनी आफ्नो स्कूलको एक बाल क्लबमा भर्ना भइन् । उनी एक सक्रिय विद्यार्थी थिइन् जसले प्राथमिक विद्यालयमा हुँदादेखि नै नयाँ चीजहरू अन्वेशण गर्दथिन । १० बर्षको कलिलो उमेरमा पहिलो पटक बाल अधिकारको क्षेत्रमा उनको संलग्नता प्रगाढ रुपमा अगाडि बढ्यो । त्यसबेलादेखी नै उनको स्वास्थ्य सक्रियताको यात्रा शुरु भयो ।

स्वास्थ्य क्षेत्र सँगसङै आफ्नो शैक्षिक ज्ञान साझा गर्न, नर्सिङ कोर्सको पहुच एवम विकास गर्न नेपाल अनलाइन स्कूल संग काम गरिरहेकी छिन । यसै गरी, उनले सम्बन्धित संगठनको सहयोगमा राष्ट्रिय बाल प्रतिनिधि र राष्ट्रिय किशोर प्रतिनिधिको रूपमा सबैको समान अधिकारको लक्ष्यका लागि वकालत गरिरहेकी छिन । यस बाहेक, उनी त्रि–पद्मा बाल क्लबको सहयोगी, एक समुदाय स्वयंसेवक, र एक SRHR ट्रेनर पनि हुन ।

कोभीड महामारीको क्रममा विभिन्न मिडिया मार्फत कोभीड १९ का बारेमा जागरुकता बढाउँदै बच्चाहरू र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यका लागि काम गरिरहेकी छिन् । उनले यस अघि Women for Women foundation (WFWF) , नेदरल्याण्ड्स,’ ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा ट्रस्ट (आरएचईएसटी) का सह–प्रशिक्षक, को रुपमा पनि कार्य गरेकी थिइन ।

उनी नेपालका सम्पूर्ण किशोरकिशोरी तथा युवा बर्गहरुकोलागी एक प्रेरणाको स्रोत बनेकी छिन । सानै उमेरमा पनि आफ्नो परिवार, समाज तथा राष्ट्रप्रती योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्दिरा एक सकारात्मक सोचको प्रतिमुर्ती हुन् । हालसालै, मन्दिरा र क्यूआरसी का टोलीले सिन्धुपाल्चोक जिल्लाको तालामराङ, मेलम्ची, र हेलाम्बु क्षेत्रमा बाढी पीडितहरूको उद्धार अभियान सुरु गरेका छन् । स्वास्थ्य शिविरहरूको माध्यमबाट उनी पीडित र असुरक्षितलाई सिन्धुपाल्चोक प्रकोप साइटमा सहयोग गर्दैछिन् ।

उनी यौन स्वास्थ्य र प्रजनन, लैङ्गिक समानता र यौन अल्पसंख्यकहरूको पक्षमा वकालत गर्न जारी राख्न चाहन्छिन् । आफ्नो ज्ञान र क्षमताको लाभ उठाउने आशा राख्छिन् र विश्वलाई राम्रो स्थान बनाउनको लागि आफुले योग्दान दिन पछी नहट्ने बताउछिन् । उनले आफ्नो शिक्षा पूरा गरे पछि स्वास्थ्य क्षेत्रमा एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था ९क्ष्ल्न्इ० को लागी काम गर्ने योजना बनाएकी छिन ।

प्रतिक्रिया दिनुहोस
Advertisement