मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै


मंगलसेन – अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न हुदाँ एमालेको अग्रता कायम देखिएको छ ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुदाँ १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना हुदाँ नेपाली कांग्रेसका उम्मेदवार नम बहादुर शाहीले ९ मतले अग्रता लिएका छन् ।

तर, दुबै वडाको मत जोड्दा एमालेका उम्मेदवारको मत कांग्रेसका उम्मेदवारको भन्दा १ सय १९ बढी छ । अहिले वडा नम्बर १४ कालागाँउको मतगणना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement